एनसीसी बैंक र गुहेश्वरी मर्चेन्टको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 08:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  १ वाणिज्य बैंक सहित २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज मंगलबार नेप्सेमा  एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited र गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance को शेयर मूल्य समायोजन भएको हो ।

एनसीसी बैंकको १०.२७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ३२४ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य ३५७ थियो । त्यस्तै गुहेश्वरी मर्चेन्टको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १९३ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २०८ थियो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस २१ गते बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

एनसीसी बैंकले माघ ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा अधिकृत पुँजी १० अर्ब ५० करोड  पुर्याउने, उपयुक्त संस्थासँग गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। सभाले सर्बसाधारण शेयरधनीको तर्फबाट १ महिला सहित ३ जना र संस्थापक शेयरधनीबाट ३ जना गरि कुल ६ जना संचालकको समेत निर्वाचन गर्ने छ । 

त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले पुस २८ गते ललितपुरमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  ८ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ३.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved