शिखर इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 12:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७७ असार मसान्तसम्म कायम चुक्ता पुँजीको ३६.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.९ प्रतिशत नगद गरि ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हकप्रदलाई समेत समायोजन गर्दा उक्त लाभांश दर २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद हुन आउने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved