कहिलेसम्म कायम शेयरधनीले पाउँछन् नारायणी डेभलपमेन्ट बैंकको हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 08:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले हकप्रद शेयर निष्काशनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो । अब बैंकले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved