नारायणी डेभलपमेन्ट बैंकले २ सय प्रतिशत हकप्रद ल्याउने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 08:42:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले माघ १६ गते शुक्रबार चितवनको रत्ननगर स्थिति स्टार ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन प्रस्ताव लैजाने भएको छ । हाल बैंकको चुक्ता पुँजी  ६ करोड ५६ लाख रहेको छ। बैंकले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाईसकेको छ । शतप्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख हुन्छ । बैंकले १३ करोड १२ लाखको २ सय प्रतिशतले दरले हकप्रद निष्काशन गरेर चुक्ता पुँजी ३९ करोड ३७ लाख पुर्याउन लागेको हो । ख वर्गको जिल्लास स्ताररिय विकास बैंकले न्युनतम चुक्ता पुँजी ५० करोड कायम गर्नु पर्ने ब्यबस्था छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा मर्जर तथा प्राप्तिको आवश्यक पर्ने सम्पूर्ण निर्णय लिने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छ । 

बैंकले साधारणसभा प्रयोजन र हकप्रद निष्काशनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र  शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन र साधारणसभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved