आरम्भ चौतारीले २ लघुवित्तलाई गाभ्ने, यस अघिको मर्जर सम्झौता रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 03:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले थप २ लघुवित्तलाई गाभ्ने भएको छ । लघुवित्तले लुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त र बाग्मती प्रदेश कार्यक्षेत्र भई बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको हो।

सम्झौतामा आरम्भ चौतारीको तर्फबाट जगत बहादुर पोखरेल, देउरालीको तर्फबाट अध्यक्ष किशोर भाई बज्राचार्य र विपिडब्लुको तर्फबाट अध्यक्ष विनोद ज्ञवालीले हस्ताक्षर गरेका छन् । आरम्भ चौतारीले क्रमश १००:९५:९५ को स्वापमा यी लघुवित्तलाई गाभ्न लागेको हो । प्राप्तिपछि आगामी वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने लक्ष्यको साथ कार्य अगाडी बढाईने कम्पनीले जनाएको छ 

आरम्भ चौतारी लघुवित्तले यस अघि सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता गरेको थियो। तर तिनै पक्षले उक्त मर्जर सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मर्जर सम्झौता रद्द भएसँगै असोज ११ गतेदेखि रोकिएको चौतारी लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved