माघ पहिलो साताबाट टि प्लस टु कार्यान्वयन गर्ने तयारीमा धितोपत्र बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 06, 2021 | 05:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरको राफसाफ समय छोट्याउने अन्तिम तयारी गरेको छ । बोर्डले हाल कायम रहेको ३ दिनको राफसाफ अवधिलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो ।

बोर्डले शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र नै राफसाफ प्रक्रिया समाप्त गरि सक्नु पर्ने गरि कार्य भईरहेको जनाएको छ । बोर्डले यो प्रक्रिया अन्तिम चरणमा रहेको र टि प्लस टु को ब्यबस्था समावेश हुने गरि पुस महिना भित्र नै नियमावली संशोधन गर्ने तयारी गरेको हो ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बिजपाटीसँग भने 'पुस महिना भित्र नै टि प्लस टु को ब्यबस्था सहित नियमावली संशोधन हुन्छ, त्यसपछि सिडीएसलाई यसको कार्यान्वयनको लागि निर्देशन दिन्छौ' । बोर्डले निर्देशन दिएको एक साता मै सिडीएसले आवश्यक तयारी पुरा गरेर माघ पहिलो साता भित्र नै टि प्लस टु कार्यन्वयनमा ल्याईसक्ने उनको भनाई छ।

हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । कारोबार भएको दिनको बाहेक ३ दिन भित्र राफसाफ सकीसक्नु पर्ने हालको ब्यबस्था छ । कारोबार भएको दिनलाई टि प्लस जिरो मान्ने गरिएको छ । त्यसपछिको ३ दिनमा शेयर राफसाफ गरि सक्नु पर्ने ब्यबस्था हुन्छ । अर्थात यो अवधिमा शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ।

बोर्डले टि प्लस थ्रीको यो ब्यबस्थालाई घटाएर टि प्लस टु मा झार्न लागेको हो । यसो भएमा शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ।

यद्यपि अहिले टि प्लस थ्रीको ब्यबस्था भएपनि लगानीकर्ताहरुले आफुले खरिद गरेको शेयर डिम्याट खातामा आउन तथा शेयर बिक्रि गरे वापतको रकम पाउन हप्तौसम्म कुर्नु परेको गुनासो गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved