सिटिजन्स बैंक Citizens Bank International Limited ले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले माघ १५ गते आफ्नै प्रधान कार्यालयमा वेबिनार मार्फत सभा आह्वान गर्न लागेको हो ।
सभामा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण प्रस्ताव पेश हुने छ । त्यस्तै सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पेश हुने छ । सभामा प्राप्ति समबन्धि आवश्यक कार्य गर्नको लागि तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । बैंकले १००:९६ को अनुपातमा तिनाउ मिसनलाई गाभ्न लागेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि सिटिजन्स बैंकमा गाभिने प्रस्ताव पारित गर्न माघ १५ मा विशेष साधारणसभा आह्वान गरेको छ ।