नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई गाभ्ने, स्वाप अनुपात कति ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 08, 2021 | 11:21:21 AM मा प्रकाशित

laxmi bank

नेपाल फाइनान्स Nepal Finance ले ललितपुर फाइनान्स Lalitpur Finance  लाई गाभ्ने भएको छ  । दुई संस्थाबीच बिहिबार बेलुका प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो

यस सम्बन्धि सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट फाइनान्सका संचालक समितिका अध्यक्ष प्रा. डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका छन्  

निजि क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सको चुक्ता पुंजी ३१ करोड र २०५१ सालमा खुलेको ललितपुर फाइनान्सको चुक्ता पुंजी २४ करोड रहेको छ

नेपाल फाइनान्सका २ शाखा छन् भने थप ६ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टर खोल्ने तयारीमा छ। यता ललितपुर फाइनान्सको ३ वटा शाखा रहेका छन्।  प्राप्ति पश्चात नेपाल फाइनान्सको शाखा संख्या १३ पुग्नेछ

प्राप्ति पश्चात नेपाल फाइनान्सको नामबाट नै फाइनान्सले कारोबार गर्नेछ भने र नेपाल फाइनान्सकै संचालक समिति तथा व्यवस्थापन रहनेछ। स्वाप रेशियो डिडीए अडिट ले निर्धारण गरेको अनुपातमा नै प्राप्ति गर्न र समाहित हुन् दुवै पक्ष सहमत भएको नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलियाले जनाएका छन्

नेपाल फाइनान्सले ललितपुर फाईनान्सलाई गाभ्ने सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का हुने छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved