अब सेयर र भुक्तानी पहिलेभन्दा छिटो पाइने, शेयर राफसाफ चक्र 'टि प्लस टु' कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 03:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस टु भित्र हुने ब्यबस्था सहित विनियमावली संशोधन गरेको छ। सिडीएसले   उक्त ब्यबस्था संशोधनको लागि बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरे अनुसार बोर्डले धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ मा आवश्यक संशोधन गरेको हो  ।

उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ । धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टि प्लस टु कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।

हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । कारोबार भएको दिनको बाहेक ३ दिन भित्र राफसाफ सकीसक्नु पर्ने हालको ब्यबस्था छ । कारोबार भएको दिनलाई टि प्लस जिरो मान्ने गरिएको छ । त्यसपछिको ३ दिनमा शेयर राफसाफ गरि सक्नु पर्ने ब्यबस्था हुन्छ । अर्थात यो अवधिमा शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ।

बोर्डले टि प्लस थ्रीको यो ब्यबस्थालाई घटाएर टि प्लस टु मा झार्न लागेको हो । यसो भएमा शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ।

यद्यपि अहिले टि प्लस थ्रीको ब्यबस्था भएपनि लगानीकर्ताहरुले आफुले खरिद गरेको शेयर डिम्याट खातामा आउन तथा शेयर बिक्रि गरे वापतको रकम पाउन हप्तौसम्म कुर्नु परेको गुनासो गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved