निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 10:17:52 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved