सानिमा क्यापिटलले १ अर्बको म्युचुअल फण्ड संचालन गर्ने, माघ ९ बाट आवेदन खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 09:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशन गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो 

जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा न्युनतम १०० इकाईको लागि र अधिकतम १ करोड इकाई को लागि दिनु पर्ने छ । आवेदन दिनको लागि छिटोमा माघ १३ गतेसम्म र सो समयसम्म पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

मेरोशेयर तथा सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट  यस निष्काशनमा आवेदन दिन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved