ब्रोकर, स्टक डिलर र सिडीएसले नाफाको १ प्रतिशत लगानीकर्ता शिक्षाको लागि छुट्याउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 02:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर, स्टक डिलर, रेटिङ एजेन्सी लगायतका संस्थाहरुले  आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउन पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल (ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)ले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउनु पर्ने ब्यबस्था गरेको हो ।

यसरी छुट्याईएको रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । अब भने केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल (ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)मा पनि यो लागु हुने भएको हो ।

धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने बोर्डले जनाएको छ  । यसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगी एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको, दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएको र बजारमा नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजारसम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता देखिएकोले यो निर्णय गरिएको बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved