प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 04:34:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company  को साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज सोमबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७५/७६ को सभा आयोजना गरेको हो ।

कम्पनीको सभाले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुंजी  २ अर्ब ४१ करोड ४७ लाख पुग्ने छ । 

 त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पनि पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved