छ्याङदी हाइड्रोको लाभांश पारित, हकप्रद सेयर जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  को ७औं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ  । सभाले आर्थिक वर्ष २०७६÷७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।

त्यसैगरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको १० बराबर ३ कित्ताको अनुपात ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश भएको छ । 

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा÷नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved