नेप्सेमा सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 08:29:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंक Siddhartha Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४२१ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७२ थियो ।   बैंकले साधारणसभा प्रयोजनको लागि आज पुस २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैंकको मूल्य समायोजन भएको हो ।  पुस २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

बैंकले माघ १६ गते शुक्रबार बालुवाटारको आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट  १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, अधिकृत पुँजी वृद्धि गरि १६ अर्ब पुर्याउने,   गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको विवरण स्वीकृति गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना र संस्थापक शेयरधनीबाट ३ जना गरि कुल ५ जना संचालकको निर्वाचन पनि गर्ने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved