
नेपाल बैंकले शेयर अभौतिकीकरण नगरेका आफ्ना शेयरधनीलाई डिम्याट खाता खोलि शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । बैंकले बैंकका ३१ सय बढी शेयरधनीले शेयर अभौतिकीकरण नगरेको भन्दै तत्काल डिम्याट खाता खोलि शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।
डिम्याट खाता नभएकै कारण बैंकले आर्थिक वर्ष ७५/७६ र ७६/७७ मा प्रदान गर्ने लाबहंश सम्बन्धित खातामा जम्मा गर्न नसकेको जनाएको छ । शेयर अभौतिकीकरण नगरे भविष्यमा प्रदान हुने लाभांश समेत खातामा जम्मा नहुने भएकोले बैंकले आफ्नो शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर डिम्याट गर्न आग्रह गरेको छ । साथै बैंकले अन्य स्थानमा डिम्याट खोल्ने भए डिम्याट खाता खोलेको जानकारी सिभिल क्यापिटलमा जानकारी गराउन समेत आग्रह गरेको छ ।