प्यान लिँदा यस्ता छन् फाइदा, १० कित्ता आईपिओ भर्नेलाई पनि प्यान लिन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 01:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय आन्तरिक राजश्व विभागले शेयर लगानीकर्ताले तिरेको कर लगानीकर्ताको नामबाट नै सरकारी खातामा  जम्मा भएको म्यासेज पठाउन थालेको छ । लगानीकर्ताहरुले स्थायी लेख नम्बर (प्यान नम्बर)  विभागलाई उपलब्ध गराएपछि मात्र यो सम्भव भएको हो। 

यससंगै प्यान नलिएका र प्यान लिएर पनि त्यसको विवरण उपलब्ध नगराएकाहरु प्यान प्रति चासो दिन थालेका छन् । नेपाल इन्भेस्टर फोरमका पुर्व अध्यक्ष तथा लगानीकर्ता अम्बिका पौडेलले पनि विभागले कर जम्माको म्यासेज पठाउनु खुसिको क्षण भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्से र विभागलाई धन्यवाद दिएका छन् ।  

पौडेलले सानो वा ठुलो लगानीकर्ता नभनी सबैलाई प्यान कार्ड लिन आग्रह गरेका छन् । उनी भन्छन् ' शेयरमा लगानी गर्ने पनि ब्यबसाय नै हो, व्यबसाय गरिसकेपछि प्रत्येक व्यक्तिले प्यान लिनु राज्यप्रतिको कर्तब्य हो' । कुनै पनि नागरिकले प्यान लिएपछि उ करको दायर भित्र आउने भएकोले एक जिम्मेवार नागरिकको लागि पनि त्यो गर्वको कुरा हुने उनी बताउछन् । 

आफ्नै प्यान भएपछि उसले तिर्ने सम्पूर्ण करको विवरण प्यानसँग इन्टिग्रेट हुन्छ । यसो हुँदा एक लगानीकर्ताले कति कर तिरेको छ भन्ने एकै ठाउँमा हेर्नको लागि सजिलो हुन्छ । प्यान नलिंदा पनि कर काटीरहने तर कति कर तिरियो भन्ने वा कर तिरेको प्रमाण नहुने भएकोले प्यान लिन उनको सुझाव छ । उनी भन्छन् 'प्यान लिएपछि जो कोहिले पनि ' म राज्यको जीम्मेवार नागरिक हुँ, मैले राज्यलाई कर तिरेको छु भनेर गर्वका साथ भन्न सक्छ,  । १० कित्ता आईपिओ भर्ने व्यक्तिलाई पनि प्यान लिन सुझाव दिदै उनी भन्छन् ' आईपिओ मात्र भर्ने पनि प्यानमा आवद्द छ भने उसले शेयर कारोबार गर्दा राज्यलाई कर तिरेको छु भनी गर्वानुभूति गर्न सक्छ' । 

प्यान लिएर कारोबार गर्दा सम्पूर्ण कारोबार सिस्टममा आउने उनी बताउछन् । उनी भन्छन् ' यदि कसैलाई भोली कुनै प्रयोजनको लागि कर चुक्ता प्रमाणपत्र चाहियो भने प्यान कार्ड हुँदा त्यो सजिलो हुन्छ' । प्यान नहुँदा विभिन्न कार्यालयमा धाएर कर चुक्ताको लागि आवश्यक पर्ने कागजात जुटाउनु पर्ने तर प्यानसँग कारोबार लिंक छ भने त्यसकै आधारमा सजिलै कर चुक्ता पाईने उनी बताउछन् । 

साथै नागरिकको हिसाबले भविष्यमा ऋण लिनु परेमा पनि यदि उसले नियमित कर तिरिरहेको प्रमाण पेश गर्न सकेमा उसलाई ऋण पाउँन सहज समेत हुने छ । साथै कतिपय बैंक तथा वित्तीय संस्थाले कर तिरेको आधारमा त्यसको १५ गुणासम्म ऋण प्रदान गर्दै आएका छन् । त्यस  हिसाबमा प्यान सँग कारोबार आवद्द गराउंदा फाइदा हुने देखिन्छ । 

  धेरै नागरिकहरु  व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ भन्ने प्रश्न सोधीरहन्छन् ?  त्यसको उत्तर सहज छ  । उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन ।

कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

यो पनि : व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved