लाभांश घोषणा गरेको सिभिल लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टिकरण, कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टल एक्सचेन्ज नेप्सेले सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha लाई स्पष्टिकरण सोधेको छ। लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले लघुवित्तको कारोबार स्थगित गर्दै स्पष्टिकरण सोधेको हो । 

लाभांश घोषणा सम्बन्धि सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्नेमा कम्पनीले कारोबार समयमा सूचना दिएपछि नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यस्तो भएको हो भन्दै कम्पनीसँग जवाफ गरेको छ ।  

कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved