माघ १ बाट खुमलटार सर्दै धितोपत्र बोर्डको कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको कार्यालय माघ १ बाट खुमलटार सर्ने भएको छ  । हाल जावलाखेलमा रहेको बोर्डको कार्यालय माघ १ बाट खुमलटार स्थिति एक्जोटिक ओरियन्टल क्राफ्टस प्रालिको स्वामित्वमा रहेको भवनमा सर्न लागेको हो  ।

यो सातदोबाटोबाट १ किलोमिटरको दुरीमा रहेको छ । यस संगै बोर्डको कार्यालय पहिलो पटक रिङरोड बाहिर पुग्ने छ । नयाँ स्थानमा बोर्डले मासिक भाडा ८ लाख बढी तिर्ने बताईएको छ ।

बोर्डको कार्यालयहरु सुरुमा बागदरबार, त्यसपछि बागबजार, र त्यसपछि थापाथलीमा रहेको थियो । थापाथलीबाट सिनामंगल विजय चोक सरेको बोर्ड कार्यालय त्यहाँबाट जावलाखेल आएको थियो । जावलाखेलमा करिब ७ वर्ष बसेपछि बोर्डको कार्यालय जावलाखेलबाट खुमलटार जान लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved