यस्तो बन्यो नागरिक स्टक डिलरको लोगो, नेपालको नयाँ नक्सा पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले कम्पनीको लोगो तयार पारेको छ । कम्पनीले नेपालको नयाँ नक्सा समेतलाई समावेश गरेर लोगो तयार पारेको हो । लोगोमा २ हातले समातेको कलश, नेपालको नयाँ नक्सा र शेयर बजारलाई इंगित गर्ने गरी ग्राफ समेत समाबेश छ ।

कम्पनीले नयाँ बानेश्वर स्थित कृष्णा टावरमा कार्यालय राखेर काम गरिरहेको छ 

आइतबार नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलरको पूर्वाधारको निरीक्षण गरेको थियो । निरीक्षण गरेर फर्किएको टोलीले अब बोर्ड अध्यक्ष समक्ष प्रतिवेदन पेश गर्ने छ  । तोकिएको प्रक्रिया अनुसार नै पूर्वाधार तयार भएको प्रतिवेदन पेश भएमा र बोर्ड सन्तुष्ट भएमा स्टक डिलरलाई अन्तिम स्वीकृति दिने बोर्डको तयारी गरेको छ । 

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले यस अघि नै स्टक डिलरले पुस महिना भित्र नै अनुमति पाईसक्ने बताएका थए । नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भेटमा अध्यक्ष ढुंगानाले अंग्रेजी नयाँ वर्षमा ब्रोकर कमिशन घट्ने र पुस महिना भित्र नै स्टक डिलरले अनुमति पाउने बताएका थिए । अध्यक्ष ढुंगानाले बतए झैँ ब्रोकर कमिशन घटिसकेको छ ।

स्टक डिलरका संचालक इन्द्र कट्टेलका अनुसार कम्पनीले नियम बमोजिम सबै पूर्वाधार तयार पारिसकेको छ । सबै पूर्वाधार तयार भईसकेको र बोर्डले निरीक्षण समेत गरिसकेकोले पुस महिना भित्र नै बोर्डबाट अन्तिम स्वीकृति पाउनेमा आशावादी रहेको बताए । उनले भने 'हामी बोर्डको अन्तिम स्वीकृतिको प्रतिक्षामा छौ, बोर्डबाट अनुमति पाएपछि बजार प्रवेश गर्छौ' । 

स्टक डिलरले पनि ब्रोकरको सरह नै आवश्यक पूर्वाधार तयार पार्नु पर्ने हुन्छ ।  स्टक डिलरको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने, कम्तीमा ५ थान कम्प्यूटर, प्रिण्टर, फ्याक्स तथा टेलिफोन हुनु पर्ने, कम्तीमा स्नातक तह उत्तिर्ण गरेको दुइजना सहित कम्तीमा सात जना कर्मचारी राखेको हुनु पर्ने र संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था गरेको हुनु पर्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेले तोकेको मापदण्ड अनुसारको डाटा सेन्टर र ब्रोकर ब्याक अफिस तयार पार्नु पर्ने हुन्छ। 

यी सबै तयार भईसकेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved