नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ४६५ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२९ थियो ।
बैंकले हकप्रद निष्काशन प्रयोजनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।
बैंकले माघ १३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ ।