ज्योति विकास बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 08:39:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ज्योति विकास बैंक Jyoti Bikash Bank Limited को शेयर मूल्य समायोजन भएको छ  । बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २१९ कायम भएको छ  । समायोजन अगाडी बैंकको शेयर मूल्य प्रति कित्ता २४१ थियो । बैंकले साधारणसभा प्रयोजनको लागि आज पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 बैंकले माघ १४ गते बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ। सभामा  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, बैंकको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना र संस्थापक शेयरधनीबाट ३ जना गरि कुल ५ जना संचालकको निर्वाचन पनि गर्ने छ। 

त्यस्तै सभामा संस्थापक र सर्बसाधारण  शेयरधनीको शेयर स्वामित्व ५१:४९ कायम गर्ने प्रस्ताव पेश हुने छ । हाल बैंकमा संस्थापक शेयरधनीको स्वामित्व ५४.३५ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved