नागरिक लगानी कोषको १ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 08:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust  को १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले कोषको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा आज पुस २९ देखि माघ ८ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि यस लिलाममा बैंक तथा वित्तीय संस्था र बिम्म कम्पनी बाहेकका अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १३ सय ५९ कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved