कृतिलाई गाभेपछि माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोबार माघ २ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 09:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटलले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्सलाई गाभेपछि माघ २ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । प्राप्ति प्रक्रियापछि माछापुच्छ्रे कृति क्यापिटलको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहने छ । हाल माछापुच्छ्रे क्यापिटलले दिइरहेको सेवा पनि अब एकिकृत कारोबारपछि कायम हुने कार्यालय सुन्धाराबाट प्रवाह हुने छ ।

त्यस्तै कृतिमा खोलिएका डिम्याट खाताहरु सिडीएसले आवश्यक प्रक्रिया पुरा गरेर माछापुच्छ्रे कृतिको नाममा आउने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved