सोनापुर मिनरल्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 11:56:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहिबार साधारणसभा आह्वान गरेको छ 

कम्पनीले बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा प्रिमियममा आईपिओ निष्काशन गर्ने र त्यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने र संचालकको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

यो कम्पनीले पश्चिम नेपालमा सबै भन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको उद्योग दाङमा रहेको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोना श्री सिमेन्ट उत्पादन गर्दै आएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved