
 2mb (1).gif)
नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा'ले माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो ।
कम्पनी परिचय
पूर्वाधार विकास बैंक कम्पनी ऐन, २०६३ अनुसार २०७५ जेष्ठ २५ गते नेपाल सरकार, कम्पनी
रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । बैंक तथा वित्तीय
संस्था सम्बन्धी ऐन, २०७३” अनुसार बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट
राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकिङ्ग कारोबार गर्न स्वीकृत
प्राप्त गरेको थियो । राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको हैसियतले बैंकले २०७५
फागुन २२ गतेदेखि बैंकिङ्ग कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
अन्य जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना यस बैंकको रहेको छ । साथै समय सापेक्ष अनुसार नयाँ पूर्वाधारका परियोजनाहरुको सम्भाब्यता अध्ययन गरी ग्राहकहरुको पहिचान गरेर आफ्नो ब्यापार विस्तार गर्ने योजना यस बैंकको रहेको छ ।
कम्पनीका उदेश्य
बैंकको उदेश्यहरुमा पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी श्रोत परिचालन गर्ने, राष्ट्र बैंकको स्वीकृती लिई लिजिङ्ग कारोबार गर्ने, र विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने लगायतको रहेको छ ।
बैंक संचालनको शुरुवाती अवस्था भएकोले नीति तथा योजनाको निर्माणका साथै उपयुक्त परियोजनाको छनौट गरी लगानी गर्ने र विशेषतः विदेशी बजारबाट श्रोत संकलन गर्ने तर्फ बढी केन्द्रित भई अगाडी बढ्ने रणनीति बैंकले लिएको छ।
पुँजी संरचना
बैंकको अधिकृत पूँजी रु.४० अर्व रहेको छ, जसलाई प्रति
शेयर १०० का दरले जम्मा ४० करोड कित्ता साधारण
शेयरमा विभाजन गरिएको छ । बैंकको जारी पूँजी रु.२० अर्व रहेको छ, जसलाई
प्रति शेयर रु.१०० का
दरले जम्मा २० करोड कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । बैंकको जारी भएका २०
करोड कित्ता साधारण शेयर मध्ये रु.१२ अर्व बराबरको रु.१०० दरको १२ करोड कित्ता शेयर संस्थापक शेयरधनीहरुको
नाममा बाँडफाँड भई जम्मा रु.१२ अर्व चुक्ता भईसकेको छ । अब निष्काशन गरिने रु. ८
अर्वको साधारण शेयरको बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी रु.२० अर्व हुनेछ ।
आधारभुत शेयरधनी तथा संचालक
विवरण
बैंकको आधारभूत शेयरधनीहरुमा नेपाल सरकार (अर्थ मन्त्रालय), इमर्जिङ्ग
नेपाल, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई
बैंक, प्रभु बैं, नेपाल पुर्नबिमा कम्पनी, लाईफ इन्स्योरेन्स कम्पनी (नेपाल),
एशियन
लाईफ इन्स्योरेन्स कम्पन, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी,
नितेश
अग्रवाल, बिशाल ग्रुप, नेपाल इन्भेष्टमेण्ट बैंक र जीवनाथ लामिछाने रहेका छन् ।
बैंकको संचालक समितिको अध्यक्षमा अनुज अग्रवाल रहेका छन् । उनी विशाल
ग्रुपको प्रतिनिधित्व गर्दै संचालक बनेका छन् । त्यस्तै बैंकका अन्य संचालकहरुमा श्री
कृष्ण नेपाल , चन्द्र ढकाल, र लालमणि जोशी रहेका छन् ।
उनीहरु क्रमश नेपाल सरकार,
आईएमई लिमिटेड र इमर्जिङ्ग नेपालको प्रतिनिधि बनेर संचालक समितिमा प्रतिनिधित्व गरेका
हुन् । बैंकमा हाल स्वतन्त्र संचालक पद रिक्त छ भने सर्वसाधारण शेयरधनीहरुबाट
प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त हुन बाँकी रहेको छ ।
संचालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षले प्रति बैठक १० हजार र अन्य संचालकले
प्रति बैठक ८ हजार भत्ता पाउने ब्यबस्था छ । बैंकको कामको सिलसिलामा संचालकले भ्रमण गर्नु परे
काठमाडौँ र पोखरामा दैनिक ७५ सय र अन्य स्थानमा भए ५५ सय दैनिक भत्ता प्रदान हुन्छ
। भारतमा भ्रमण गर्नु परे महानगरीय शहरमा भए भारु १५ हजार र अन्य शहरमा भए भारु १०
हजार दैनिक भत्ता प्रदान हुने ब्यबस्था छ ।
भारत बाहेक अन्य सार्क देशमा प्रति दिन १५० डलर, अन्य एशियाली देशमा २००
डलर र यी बाहेकका अन्य देशमा भए दैनिक ३०० डलर भत्ता संचालकलाई प्रदान हुने ब्यबस्था
छ ।
ब्यबस्थापन विवरण
बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा रहेका अनिल ज्ञवालीको कार्यकाल सकिएपछि बैंकमा माघ १ गतेदेखि लागु हुने गरि रामकृष्ण खतिवडालाई नियुक्त गरिएको छ । खतिवडा यस अघि बैंक कै संचालक थिए । उनले विद्युत नियम आयोगमा सदस्यको रुपमा र लगानी बोर्डमा परामर्शदाताको रुपमा कम गरिसकेका छन् ।
बैंकमा सीइओ नहुँदासम्म डेपुटी सीइओ रहेका भुपेन्द्र पाण्डेले निमित्त सीइओको
जिम्मेवारी सम्हालेका थिए । पाण्डेसँग राष्ट्रिय वाणिज्य बैंकमा १४ वर्ष काम
गरेको अनुभव छ ।
बैंकको नायब महाप्रबन्धकमा सुर्य बहादुर तामाङ र विनयनाथ न्यौपाने
रहेका छन् । त्यस्तै बैंकको जोखिम ब्यबस्थापन प्रमुखमा सुर्वण कुमार सिहं, र
पूर्वाधार लगानी प्रमुखमा रबिन श्रेष्ठ रहेका छन् । बैंकमा हाल १ प्रशिक्षार्थि र
२८ स्थायी गरि कुल २९ कर्मचारी छन् ।
उच्च ब्यबस्थापकिय कर्मचारी मध्ये आर्थिक वर्ष ७६/७७ मा पाण्डेले ९४
लाख २६ हजार तथा तामाङले ६२ लाख ८८ हजार र न्यौपानेले ६२ लाख ७६ हजार पारिश्रमिक
लिएका छन् ।
बीमा विवरण
बैंकले आफ्ना आईटी उपकरणको बीमा प्रभु इन्स्योरेन्समा, सवारीसाधनको बीमा
प्रुडेन्शियल इन्स्योरेन्समा, बिबिआई इन्स्योरेन्स पनि प्रुडेन्शियल इन्स्योरेन्समा,
प्रोपर्टी तथा उपकरणको बीमा प्रभु इन्स्योरेन्समा र सान्भी इनर्जीलाई प्रवाह
गरिएको कर्जाको धितो सुरक्षणको बीमा अजोड इन्स्योरेन्समा गरेको छ ।
बैंकले आईपिओबाट उठेको ८ अर्ब मध्ये ४ अर्ब ३२ करोड कर्जा तथा सापटीको
लागि र ३ अर्ब ६८ करोड लगानी गर्नको लागि प्रयोग गरिने उल्लेख गरेको छ । बैंकले
साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,
२०७३,
बैंकको
प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम राष्ट्रिय स्तरको पूर्वाधार
विकास बैंकले गर्न पाउने कार्यको अधिनमा रही बैंकको व्यवसायिक प्रयोजनमा उपयोग
गरिने उल्लेख गरेको छ । बजारमा शेयर निष्काशन भई बैंकमा प्राप्त हुने पूँजीको
परिचालन चालू आ.व.को तेस्रो त्रैमासमा हुने हुँदा प्राप्त रकम यशासंभव बैंकको स्वीकृत
पूर्वाधारका परियोजनाहरुमा कर्जाको रुपमा प्रवाह हुने र बाँकी रकम उच्च प्रतिफल
दिने बजारका लगानी उपकरणहरुमा परिचालन गरिने बैंकले जनाएको छ ।
शेयर प्रत्याभूति ब्यबस्था
निष्काशन गरिने साधारण शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा नागरिक
लगानी कोषले निष्काशन रकमको शतप्रतिशत शेयर खरिद गर्ने गरि बैंकले प्रत्याभूति सम्झौता
गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको शेयर निष्काशन गर्दा निष्काशित शेयर भन्दा
अधिक मात्रामा आवेदन प्राप्त हुने गरेको देखिएकोले यस बैंकको निष्काशित शेयरहरु
पनि पूर्ण रुपमा बिक्री हुने धारणा बैंकको रहेको छ ।
रेटिङ
इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ प्लस प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान
गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । कम्पनीको आईपिओले पाएको ग्रेड ४ ले औसत भन्दा
कम (Below Average Fundamental) आधारहरु जनाउँदछ ।
तर बैंकले भने BBB को
इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान
गरेको हो । यसले मध्यम जोखिम जनाउछ । इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर
रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा
उत्तम रेटिङ हो भने D सबैभन्दा
कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । उक्त
क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा
मध्यम श्रेणिको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।
नाफा विवरण
बैंकले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ११ करोड ९७ लाख, ६६ करोड ९२ लाख र ८४ करोड ७१ लाख खुद नाफा कमाएको छ । कम्पनील आर्थिक वर्ष ७७/७८,७८/७९ र ७९/८० मा क्रमश ७२ करोड ५२ लाख, १ अर्ब ६५ करोड ६७ लाख र २ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
लाभांश प्रक्षेपण
बैंकले आर्थिक वर्ष ७७/७८ मा ८ प्रतिशत, आर्थिक वर्ष ७८/७९ मा ६.५० प्रतिशत र आर्थिक वर्ष ७९/८० मा ६.१० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण गरेको छ ।
बिगत ३ आर्थिक वर्षको वास्तविक र आगामी ३ वर्षको प्रक्षेपित प्रति शेयर आम्दानी र नेटवर्थको विवरण
नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो ।