विजय लघुवित्तको लाभांश पारीत, चुक्ता पुँजी २६ करोड ६५ लाख पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 09:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  को आठौ वार्षिक साधारण सभाले आ.व. ०७६÷०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको पौष २९ गते विजय विकास स्रोत केन्द्र गैडाकोट, ८ मा सम्पन्न साधारण सभाले १९ प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

यस संगै संस्थाको कायम जारी तथा चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार ४ सय ८५ पुग्ने छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.ब.२०७६÷०७७ को संचालक समितिको प्रतिवेदन , २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६÷०७७ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ । साधारण सभाले आ.व. २०७७÷०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । सभाले बित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने  सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन माथि शेयर धनिहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल

न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।  कोभिड १९ को कारण हुनसक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाइएको लघुवित्तले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved