नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित, सर्वसाधारणबाट ३ संचालक निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 10:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  को ६१ औं बार्षिक साधारणसभाबाट १६ प्रतिशत लाभांश पारित भएको छ।  बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो। 

बैंकले १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश पारित गरेको हो।  १२ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुंजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ पुगेको छ। 

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा.,  विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन्। 

बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको बार्षिक साधारणसभाबाट बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved