सेन्चुरी बैंकको २ आर्थिक बर्षको लाभांश पारित, ३ संचालक निर्वाचित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 13, 2021 | 11:35:33 PM मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड Century Commercial Bank Limited को नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा दुई आर्थिक बर्षको बार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा आज पुष २९ गते सम्पन्न भएको हो । 

साधारणसभाले दुई आर्थिक बर्षको ७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश गरि कुल १४.२५ प्रतिशत लाभांश पारित गरेको छ। 

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,०००– मा  आर्थिक बर्ष २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ । 

साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला,मन बहादुर राई र  रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आर्थिक बर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved