चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 06:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ भर्नेले चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट पाउने भएका छन्। कम्पनीको अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा पुष २९ गते बसेको ११ औं बार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो। 

बैठकले कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडको आइपीओ सबैलाई नपरेपनि कम्पनीलाई बिश्वास गरेर आइपीओ भरेकाले सबैलाई केबलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरिएको कम्पनीका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। 

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved