नेपालको सेयरबजारको इतिहासमा अहिलेसम्मकै ठुलो आइपीओ खुल्यो, कति कित्ता भर्दा उपयुक्त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 09:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सेयरबजारको प्राथमिक बजारमा अहिलेसम्मकै सबैभन्दा ठुलो साधारण सेयर (आइपीओ) आजबाट निस्काशन भएको छ। पूर्वाधार तथा ठुला परियोजनामा लगानी गर्ने उदेश्यले स्थापना भएको नेपाल इन्फ्रास्ट्रकचर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 

'निफ्राले पुँजीबजारलाई नै सुदृढ पार्छ, आईपिओ भर्नलाई प्रतिफलको चिन्ता गर्नुपर्दैन' (अन्तर्वार्ता)

अहिले जुन अनुपातमा डिम्याट खाता खुलिरहेका छन् र खोल्ने क्रम पनि बढिरहेको छ। पछिल्लो तथ्यांक हेर्दा डिम्याट खाता खोल्नेको संख्या झन्डै २५ लाख पुगेका छन्  यसमा केहि डुब्लिकेसनलाई घटाउँदा पनि कम्तिमा १२-१५ लाखले आइपीओ भर्ने सक्ने अवस्थामा छ। यत्तिको डिम्याट खाताबाट आइपीओको लागि आबेदन आउँदा पनि एउटाले ५०-६० कित्ता पाउने अवस्था हुन्छ। 

आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

यो पनिः

‘निफ्रा’ को आईपिओ रिभ्युः विदेशबाट समेत श्रोत संकलन लक्ष्य, यसै वर्ष लाभांश दिने प्रक्षेपण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved