निफ्राको आईपिओमा झन्डै १० अर्बको आवेदन, सबैले मागे बमोजिम शेयर नपाउने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 04:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार दिउँसोसम्ममा ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो 

आइतबार दिउँसो ४:३० बजेसम्ममा  कम्पनीको आईपिओमा  ८ लाख २ हजार ७ सय ८ आवेदकले  ९ करोड ९४ लाख ६ हजार ७  सय ४० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा १.३१ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसार कै शेयर भने नपाउने पक्का भएको छ । यद्यपि सबैले शेयर भने पाउने छन् । 

बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ प्लस प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । कम्पनीको आईपिओले पाएको ग्रेड ४ ले औसत भन्दा कम (Below Average Fundamental) आधारहरु जनाउँदछ । तर बैंकले भने BBB को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ । इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो ।  उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणिको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

यो पनि : 'निफ्रा' को आईपिओ रिभ्यु: विदेशबाट समेत श्रोत संकलन लक्ष्य, यसै वर्ष लाभांश दिने प्रक्षेपण


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved