१६२ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 08:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited   को नाफा १६२.६२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले १४ करोड ८४ लाख नाफा कमाएकोमा चालु आवथिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड खुद नाफा कमाएको हो ।

यस अवधिमा बैंकले २१ करोड २ लाख ५४ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ। बैंकको वितरणयोग्य २७ करोड १९ लाख रहेको छ ।  

बैंकको निक्षेप १९.६९ प्रतिशतले बढेर ३८ अर्ब १८ करोड पुगेको छ भने कर्जा प्रवाह २०.२६ प्रतिशतले बढेर ३१ अर्ब २० करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १९.८५ प्रतिशतले बढेर ६८ करोड ८० लाख पुगेको छ । २ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७६ करोड ४२ लाख रहेको छ ।

बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर १.५९ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी ३०.७१ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १३०.०९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ७.९८ गुणा, बेस रेट ९.०६ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत, कोषको लागत ६.४८ प्रतिशत, र सिसिडि ७७.१९ प्रतिशत रहेको छ । 

बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved