घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 09:50:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha  को खुद नाफा ६.०४ प्रतिशतले घटेको छ । कम्पनीले आर्थिक वर्ष ६६/७७ को दोस्रो त्रैमासमा ६ करोड ६९ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २८ लाख खुद नाफा कमाएको छ ।

यस अवधिमा कम्पनीको सापटी २६.५९ प्रतिशतले बढेर ७ अर्ब १ करोड पुगेको छ भने कर्जा प्रवाह १४.१३ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड पुगेको छ ।  त्यस्तै खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले बढेर ११ करोड ६३ लाख पुगेको छ ।

८७ करोड ६८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १९ करोड ९० लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १४.३४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १२२.७० रुपैयाँ रहेको छ । कम्पनी मूल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved