नेपाल स्टल एक्सचेन्ज नेप्सेले सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha को शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज माघ ५ गतेदेखि लागु हुने गरी कम्पनीको कारोबार फुकुवा गरेको हो ।
लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले लघुवित्तको कारोबार स्थगित गर्दै स्पष्टिकरण सोधेको थियो । जवाफमा कम्पनीले इन्टरनेटको कारण प्राविधिक समस्या आउँदा समयमा सूचना अपलोड गर्न नसकेको जनाएको छ । नेप्सेले अब आइन्दा त्यसो गल्ति नदोहोर्याउनको सचेत गराउदै कारोबार फुकुवा गरिदिएको हो । त्यस्तै कम्पनीले पनि अबदेखि सूचना समय मै जानकारी गराउने र यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्दता जनाएको छ ।
कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।