कहिले बाँडफाँड हुन्छ चन्द्रागिरी हिल्सको आईपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 12:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ यसै साता बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले यसै साता आईपिओ बाँडफाँड गर्ने गरि तयारी गरिरहेको जनाएको छ ।

क्यापिटलका अनुसार अन्य केहि समस्या नआए मंगलबार वा बुधबार प्रि अलोटमेन्ट सकेर बिहिबार वा शुक्रबार आईपिओ बाँडफाँड गर्ने तयारी भईरहेको छ । 

कम्पनीको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो । 

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। यो आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र  १० कित्ताको दरले पाउने छन्। यस हिसाबमा करिब ११ लाख बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि आवेदन भेरिफाई भई नसकेको डाटा भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ । 

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved