सिटिजन लाइफको साधारणसभा आह्वान , आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 08:47:09 AM मा प्रकाशित

laxmi  sunrise bank
सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो साधारणसभा आह्वान गरेको छ  । कम्पनीले फागुन २ गते आइतबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो  । 

सभामा कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने छ  । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ । 

त्यस्तै सभामा आर्थिक वर्षमा ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved