कर्पोरेट डेभलपमेन्ट बैंकले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 04:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन अनुमति माग गरेको छ । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ 

बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो । बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो 

 नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved