निफ्राको आईपिओमा रेकर्ड ब्रेक, ८ अर्ब माग हुँदा १७ अर्ब बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 05:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आईपिओमा १७ अर्ब बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा  आज मंगलबार साँझ ५ बजेसम्ममा १५ लाख २ हजार बढी आवेदकबाट १७ करोड ७९ लाख कित्ता बढीको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कुनै पनि आईपिओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो । यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए । 

मरोशेयर सिस्टममा समस्या आएकोले आवेदन दिने समय ६ बजेसम्म थप गरिएकोले यो संख्या अझै बढ्ने छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आईपिओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ ।   

माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसार कै शेयर भने नपाउने पक्का भएको छ । यद्यपि सबैले शेयर भने पाउने छन् । 

बैंकले शुक्रबारदेखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved