निफ्रा अपडेट : थपिएको समयसम्ममा १८ अर्बको आवेदन, न्युनतम कति कित्ता पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 06:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को आईपिओमा १८ अर्ब बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा  आज मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

कुनै पनि आईपिओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो । यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए । 

मेरोशेयर को प्रणालीमा समस्या आएकोले आवेदन दिने समय ६ बजेसम्म थप गरिएको थियो । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आईपिओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ । 

बैंकहरुले दिनभरमा आएको आवेदन राति १२ बजेसम्म प्रणालीमा अपडेट गर्न सक्ने भएकोले अन्तिम तथ्यांक बुधबार मात्र आउने भएको हो।माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसार कै शेयर भने नपाउने पक्का भएको छ।तर अहिलेसम्मको तथ्यांकअनुसार  योग्य र रितपुर्वक परेका ५० कित्तासम्मको लागि आवेदन दिनेले मागेअनुसार कै पाउने देखिन्छ।

बैंकले शुक्रबारदेखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved