निफ्राको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 06:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त गरेको छ । आज बैक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने भएको छ । 

हाल बैंकको बैंकको अधिकृत पुँजी ४० अर्ब रहेको छ। कम्पनीले हालै निष्काशन गरेको आईपिओ बाँडफाँडपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्ने छ । बैंकको आईपिओ हालसम्म कै धेरै आवेदन परेको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपालको एक मात्र पुर्वाधार बैंक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved