पिपुल्स हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 06:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि सानिमा बैंकलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन्।

कम्पनीले बयासी करोड पचास लाख बराबरको ८२ लाख ५० हजार कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हो । कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ । 

पिपुल्स हाईड्रोपावर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved