एक साथ १४ अर्बको ऋणपत्र स्वीकृत, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 09:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । बोर्डले मन्जुश्री फाइनान्स, प्राइम कमर्शियल बैंक, कामना सेवा विकास बैंक, कृषि विकास बैंक र एनसीसी बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो 

बोर्डले यी कम्पनीलाई पुस २६ देखि  माघ ५ गतेसम्मको मितिमा अनुमति प्रदान गरेको हो । ५ वटा कम्पनीको गरि बोर्डले कुल १४ अर्बको ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको हो 

जस अनुसार मन्जुश्री फाइनान्सले ८ वर्षे अवधिको ९.५ प्रतिशत ब्याज प्रदान हुने गरि ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको हो । त्यस्तै प्राइम कमर्शियल बैंकले ८ वर्षे अवधिको ८.७५ प्रतिशत ब्याज प्रदान हुने गरि ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको हो 

कामना सेवा विकास बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याज प्रदान हुने गरि १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको हो । कृषि विकास बैंकले  ७ वर्षे अवधिको ४ प्रतिशत ब्याज प्रदान हुने गरि ६ अर्ब बराबरको ६० लाख कित्ता  कृषि ऋणपत्र निष्काशनको अनुमति पाएको हो । एनसीसी बैंकले १० वर्षे अवधिको ९.५ प्रतिशत ब्याज प्रदान हुने गरि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको हो 

यी मध्ये कृषि विकास बैंकले निष्काशन गर्ने ऋणपत्र बाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकले मात्र खरिद गर्न पाउने छन् । अन्य बैंक तथा वित्तीय संस्थाको ऋणपत्र  भने सर्वसाधारणले पनि खरिद गर्न पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved