निफ्राको आईपिओ क्रेज: एक महिनामा खुले ३ लाख बढी डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 09:45:55 AM मा प्रकाशित

laxmi  sunrise bank

एक महिनाको अवधिमा नेपालमा ३ लाख बढी डिम्याट खाता खुलेको पाईएको छ । २०७७ पुस ७ देखि माघ ६ गतेसम्मको अवधिमा ३ लाख ९ हजार ३ सय ६ वटा नयाँ डिम्याट खुलेको सिडीएससीले जनाएको छ 

सिडीएससीले पुस ७ गते आफ्नो वार्षिकोत्सवको अवसरमा डिम्याट खाताको संख्या २३ लाख १ हजार ५ सय ५६ भएको जनाएको थियो । माघ ६ गतेसम्म सो संख्या बढेर  २६ लाख १० हजार ८ सय ६२ पुगेको छ

विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपिओमा  आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको हो। बैंकको आईपिओ खुल्ने मिति नजिकिदै गर्दा र बैंकको आईपिओ खुलेको अवधिमा खाता खोल्नेको संख्या झन् उच्च थियो 

बैंकको आईपिओमा १५ लाख बढी आवेदकले १८ अर्ब बढी रकमको आवेदन दिएका छन् 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved