राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा आह्वान, कति प्रस्ताव गर्यो लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 08:46:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले माघ २८ गते बुधबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

बैंकको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २.५० प्रतिशतका दरले हुन आउने २२ करोड ५१ लाख १९ हजार ८ सय ९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि उक्त लाभांश बितरण हुने छ । बैंकमा पूर्ण सरकारी लगानी भएकोले सबै लाभांश सरकारलाई जाने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षको लेखापरीक्षक नियुक्त गर्ने, बैंकको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यो बैंक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत छैन ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved