इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 10:24:28 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् 

कम्पनीले माघ २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक ७६/७७ को मुनाफाबाट १४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

 हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ८१ लाख ४० हजार रहेको छ  

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved