नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 12:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited  को आर्थिक वर्ष २०७६÷७७ को साधारणसभा सम्पन्न भएको छ । बैंकले  बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा भर्चुअल रुपमा साधारणसभा सम्पन्न गरेको हो ।

बैंकको साधारणसभाए आर्थिक वर्ष ७६/७७ को लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले  १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरि कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेका थिए । त्यस्तै साधारणसभाले सभामा पेश भएका अन्य प्रस्ताव पनि पारित गरेको छ ।

बैंकक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved