फागुन १ गतेदेखि अनसन सुरु गर्ने पूँजी बजार विकास अभियानको चेतावनी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 21, 2021 | 03:17:31 PM मा प्रकाशित

sarbottam cement

पूँजी बजार विकास अभियानले फागुन १ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिएको छ । अर्थ मन्त्रालयले दुई बर्ष अघि नै गरिसक्ने भनेका कामहरु अहिलेसम्म नहुँदा पूँजी बजारको बिकास अबरुद्ध भएको भन्दै ति काम सक्न तत्काल पहल नभए अभियानले फागुन १ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिएको हो। 

अभियानका संयोजक तिलक कोइरालाले अर्थ मन्त्रालयबाट परिणामुखी पहल नभएमा फागुन १ गतेदेखि आमरण अनशन शुरु हुने बताएका हुन् । उनले मुद्रा र पूँजी बजारसम्बन्धमा अध्ययन गर्न गठित समितिले गर्न भनी सिफारिस गरेका बाँकि काम सक्न माग गरेका हुन् । 

सो समितिले कार्यान्वयन गर्ने निकाय र समय तालिकासहित सिफारिस गरेका ५८ बुँदे कामहरु मध्ये पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित १८ वटा मुख्य कामहरु अहिलेसम्म नभएकाले पूँजी बजारको बिकास अबरुद्ध भएको उनको दाबी छ । 

ढिलोमा २०७६ असार मसान्तसम्ममा नै भईसक्नु पर्ने ती सबै कामहरु अहिलेसम्म अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र अन्य सम्बद्ध निकायहरुले नगर्दा पूँजी बजारमा गंभीर नकारात्मक असर र जोखिम देखा पर्ने संभावना बढेर गएको भन्दै उनले ती कामहरु तत्काल गर्न गराउँन अर्थमन्त्रीले पहल लिनु पर्ने बताएका छन् । 

अभियानले राखेका मागमा  नेप्सेमा  सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायक ब्यवस्था गर्ने, बजार निर्माताको काम गर्ने नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई तत्काल संस्थागत व्यवस्था गरी पूँजी बजारमा हस्तक्षेप गर्न लगाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायत रहेका छन् । 

अर्थमन्त्री विष्णु पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको भन्दै सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका कोइरालाले बताएका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved