सामलिङ पावरले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 21, 2021 | 04:13:26 PM मा प्रकाशित

sarbottam cement

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले माघ ५ गते बोर्डमा आवेदन दिएको हो  ।

कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता  शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ। उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved