सोनापुर मिनरल्सले २ करोड कित्ता आईपिओ निष्काशन गर्ने, एनआइबिएल एस बिकी प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 06:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आईपिओ निष्काशन प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रबन्धक सञ्चालक निपेश तायल तथा क्यापिटलको तर्फको नायव प्रमुख कार्यकारी अधिकृत  मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई गरि कुल २ करोड कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्न लागेको हो । 

दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved